बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ। बढुवा गर्दै सरकारले पोखरेललाई कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको निर्देशनलाई सरकारले अटेरी गरेको छ। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी भने अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पाललाई दिइएको छ।