बझाङमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा दुई वर्षीया बालिका दीपिका विष्टलाई बसले ठक्कर दिएको हो।
चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।