चितवनका जीप बोलेरो दुर्घटना हुँदा दुईजनको मृत्यु भएको छ। चितवन नारायणगढ–मुग्लिन सडकखण्डमा भएको दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु हो।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–६ का गाडी चालक ३० वर्षिय निर्मल गुरुङ र सोही गाउँपालीककाकी ५० वर्षिया खिमाकुमारी गुरुङ रहेकी जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
उपचारका लागि घाइतेहरूमध्ये ६ जनालाई चितवन मेडिकल कलेज लगिएको छ भने अन्य ६ जनालाई पुरानो मेडिकल कलेज लगिएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान ९:५५ मा बोलेरो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो।