प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुईतिहाइ सरकारले विकासको नाममा भ्रष्टचार मात्र गरेको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेस खाडाचक्र नगरपालिकोको अगुवा नेता कार्यकर्ताको भेलामा बोल्दै नेता शाहीले विकासका नाममा खल्तिका मान्छेलाई योजना बाँड्ने र कमिशन खाने गरेको बताएका हुन्। साथै उनले सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेकाे बताएका छन्।
शाहीले जनताका भलोको लागि योजना बनाउन छोडेर पार्टीका कार्यकर्ता पाल्ने योजना बाँडेर नेकपाले राज्यको श्रोत साधनको दुरुपयोग गरेको बताएका छन्।
मंसिर २९ गते आयोजना गरिएको ओली सरकारविरुद्धको प्रदशनमा सबैजनालाई सहभागी हुन आग्रह गर्दै शाहीले नैतिकताकाे जग हल्लिसकेकाे ओली सरकारलाई उखेलेर फाल्नु एकजुट हुनुपर्नेमा जाेड दिए।
नगर सभापति भानुभक्त आचार्यको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता यशुधा शाही, तारा शाहा, प्रेस युनियन कालिकोटका अध्यक्ष विष्णु न्यौपाने लगायत नेताहरुले सरकारले गरेको भ्रष्टाचारका बिरुद्ध सबैले आवाज उठाउनु पर्ने बताएका छन्।