नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ। मंसिर २६ गते गरिएको परीक्षणमा सिटौलामा संक्रमण पुष्टि भएको हो।
उनले फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको बताउँदै आफ्नो सम्पर्क आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन्। उनले शुक्रबार स्वाब परीक्षण गराएका थिए। शनिबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो।
कांग्रेस महामन्त्री सिटौलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन्। उनी हाल होम आइसोलेसनमै छन्।
हिजो २०७७ साल मंसिर २६ गते गरिएको Covid-19 को PCR परिक्षण वाट मलाई Positive देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा...
Posted by Krishna Prasad Sitaula on Friday, December 11, 2020