नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको बुधबार निधन भयो। शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा अन्तिम स्वास फेरेका नेता लामाको निधनपछि नेकपाभित्र निकै ठूलो हलचल मच्चिएको छ।
कोरोना संक्रमणबाट ग्रसित भएका लामाले आफ्नो परिवार र पार्टी नेताहरूलाई गम्भीर सन्देश दिएका छन्। लामाका सहयोद्धा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठसँगको एउटा संवाद पनि बाहिरिएको छ।
जसका कारण नेकपामा पार्टी प्रवक्ताबाट श्रेष्ठले राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ। काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए। २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए।
दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर फर्किएपछि लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिमा सक्रिय थिए। नेकपाका केन्द्रीय सदस्य लामाले लेखेको स्टाटस यस्तो छः
आमा नाम नै कति मोहक शब्द ‘आमा’ मैले संसारमा सबभन्दा बढी माया गर्ने ‘आमा’।
प्रिय मैले तिमीलाई त्यही आमापछिको दोश्रो माया गरेको थिएँ। तर, त्यो आज याम्बालिङ्ग रुपी बर्मुडा (ट्रयाङगलमा फसेको छ। यसलाई सामान्य लोग्नीस्वास्नीको झगडाको रुपमा लिँदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नुपर्छ भन्छन्। छ्या! कति कुरुप सिलावरको देक्ची कुचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु!
प्रिय, तिमी त उस्को परिवार रे, आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे! वा रे वा नेताज्यू, हातमा हैन मैले शिरमा राखेको थिएँ! ढोंगीहरूले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार! जे होस् तिम्रा जालझेल खेती सप्रेको नै छ साधा जीवन उच्च विचारका होर्डिङबोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौ, त्यो कत्तिको सहज लाग्छ कुन्नी, मलाई त हाँडी घोप्टेजस्तो लाग्छ।
ठमेलमा ५० हजार युएस डलरको बिटा भेट्टाएछ! सोह्रखुट्टे पार्टीको भित्तामा गाइको गोबरले डलर टाँसेर झिलिमिली बनाएछ! हाँडीमा खिचडी बसाएर दुई बुढाबुढी गीत गाएर नाचिबसेको खोज्दै जाने प्रहरी र टुरिष्टले भेटेछ! यही केशले हाँडी घोप्टेको लोग्नेस्वास्नीको युरोप अमेरिकाको यात्रा भयो।
हाम्रा महान् पार्टीका महान् साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिनँ। थुइक्क जाली फटाहा द्रव्य पिशाचहरू!
प्रिय मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्रयाङगलमा फस्यो प्रिय!
१. मेरो डिग्निटी स्वाभिमानको ट्रयाङगल
२. चलअचल भौतिक सम्पत्तिप्रतिको तिम्रो आशक्ति
३. हाम्रोबीचको सामाजीक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तरविरोधहरू!
यो हो हाम्रोबीचको अहिलेको बर्मूडाको ट्रयाङगल!
याद गर प्रिय, मैले तिमीलाई सबै कुरो सम्पत्तिसम्म सुम्पेँ। तर, मेरो स्वाभिमानप्रति खेलवाड गर्ने छुट दिइएको छैन। धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यही छ।
बरमुडा ट्रयाङगल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन। तर, यसको बनावट भूमध्य रेखा काल्पनिक लाइनसँगै भएको हो। जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो। हामी बसेको भूभाग गोण्डावना ल्याण्डसँगै दक्षिणी ध्रुवमा टाँसिएर बसेको थियो।
त्यसबखत ठूला–ठूला भौगोलिक उथलपुथल भइरहन्थे। एक्कासी गोण्डावना ल्याण्ड दक्षिणी ध्रुवसँग छुट्टियो। ३ मिटर उत्तर सर्यो। पृथ्वीबीचमा उसिनेको अण्डाबीचमा फÞुटाएको जस्तो फुट्यो। पृथ्वी दुई भागमा बाँडियो। उत्तरी गोलार्ध पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड। यही घटनामा भूमध्य रेखीय क्षेत्रमा बर्मुडा ट्रयाङगल बन्यो। त्यो आजपर्यन्त अभेद्य छ। त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङगलमा फसेका छौं।
प्रिय, तिमीले कुरा नबुझ्दा र तिमीले जानीजानी धोका दिँदा मेरा केही सपनाहरू अधुरा नै रहने भए! राजनीतिक सपना राजनीतिक नेताहरूले गोलखाडी पुर्याइ हाले!
के कुरा गर्ने!
तिमी मदुई मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने। विश्वका आठै वटा आश्चर्यको रस्वस्वादन गर्ने! माचिपिच्यूमा पुरानो पोर्तुगिज खाना खाने! गोञ्जालोको देश हेर्ने! माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ। त्यो तिमीले भाँडी दियौँ।
मध्यरातमा घाम झुल्किएको फिनल्याण्ड, नर्वेबाट रस्वस्वादन हामी दुई साथै गर्ने सपना अधुरै रहने भयो! ट्रान्स साइबेरियन ट्रेन चढेर ब्लादिभोस्तक जाने! उलान बटोर र ऐतिहासिक गोवी मरुभूमिमा उँट चढ्ने सपना अधुरै रहने भयो!
मानव विकासक्रमको २४ लाख वर्षको इतिहासमा सिन्थोपस प्रक्रितिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पहाड भिरालोका मानिसहरू पेकिङम्यान, लान्तियान म्यान, बुसानम्यानले गरेका उपलब्धि र आदिबारे अलि सुक्ष्म अध्ययन गरी हाम्रो ठुंसाकाबारे भौतिक रुपमै उपस्थित भएर अध्ययन गर्ने!
दोङ सिङदान तथा धेरै हामी टिबेटो बर्मिज भाषा समूह र मंगोल मूलका पुर्खाहरूले एक ठूलो नदीको धार परिवर्तन गरी अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आश्चर्य चकित हुने हाम्रा प्रागकालिन पुर्खाको पौरख र शीप विज्ञान प्रविधिसँगै पढने इच्छा अधुरै रहने भयो!
हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने वसन्त ऋतुमा अध्ययन भ्रमणको रुपमा डुल्ने योजना थियो। त्यो अधुरै रह्यो।
प्रिय म कोरोनाले लिएर जानका लागि सबै योग्यता पुगेको मान्छे, म अरुले भने मृत्यु शैय्याबाट भन्थे होला। तर, म भन्दिनँ। कोभिडसँग पौँठेजोरी खेल्दैछु। सायद म बाँच्छु पनि होला। मेरा वरपरबाट धेरै गए पनि। तर, म आत्तिन्न।
यो अन्तिम घडीमा पनि मेरो धन मेरा लागि काम लाग्दैन भने त्यो धनको के काम! आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ति कहिलेलाई चाहियो?
यो जीवनको जीवनमरणको लडाइँको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य? लौ प्रिय गरिखान मनग्य गरी दिएको छु। बाँकी जीवन मोज गर। मैले पूरा गर्न नसकेको अधुरा काम अरुसँगै पुरा गर। आठै आश्चर्य हेर्ने घुम्ने भोक मैले नै जगाइसकेको छु, तिमी सक्षम पनि छौ। लौ बधाई प्रीय।
२८–३० वर्ष तिमी साथै यो ६–७ महिना बाहेक ज्यादै सुखद नै रह्यो। यो ६–७ महिनाले मलाई गलायो। किनभने मैले तिम्रो मायामा विश्वास घात पाएँ।
मेरो शेयरको करिव दुई वर्षको साँवाब्याज मेरो खातामा जम्मा गरेर आइज, कुरो सहजै मिल्यो! उसले पैसा नदिए सिधैँ मसँग मिल्न आइज, हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने!
प्रिय यदि तिमी जालीफटाहाकै पक्षमा लागि नै रहने हो भने मेरो र तिम्रोबीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने, सम्बन्ध छ भनिरहनुको औचित्यै के रह्यो र प्रिय!
कुनै माध्यमले काम नगरेपछि बडो सरमका साथ यो मिडिया अपनाएँ, माफ गर प्रिय! यदि म कथम् म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु। यो मेरो बिन्ती!!!