नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संघ सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्स नेपाल (सिडेन) को केन्द्रीय उपमहासचिव पदमा इन्जिनियर वीरेन्द्र खड्काकाे उम्मेदवारी परेको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय सहायक डिन खड्काले केन्द्रिय उप–महासचिव पदका लागि उम्मेदवारी दिएका हुन्।
कैलाली घर भएका खड्का नेपाली कांग्रेसमा बौद्धिक युवा नेताको रूपमा चिनिन्छन्। केही महिना अगाडि खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले वन, वातावरण र विपद व्यवस्थापन विभागको केन्द्रिय सदस्यमा मनोनीत गरेका थिए।
डेमोक्रेटिक इन्जिनियरहरु माझ बलियो पकड बनाएका खड्काले आफूले निर्वाचन जित्ने दावी गरेका छन्। खड्काले स्टक्च्रल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरिसकेका छन्। ऊनी विपद् वयवस्थापन तथा न्यूनीकरण सम्बन्धि काम गरिरहेको गैरसरकारी संस्था डिआर नेपालको अध्यक्ष समेत हुन्।