जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी हवल्दारले गएराती देहत्याग गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
थापाका अनुसार भरतपुर महानगरपालिका २४ शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको रुखमा गएराती ढकालले पासो लगाएर देहत्याग गरेका हुन्।
प्रहरी निरीक्षकको टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टम गर्न भरतपुर अस्पतालमा ल्याइएको थापाले बताएका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।