नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अकर्मन्यताकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’को नारा लागेको टिप्पणी गरेका छन्।
सभापति देउवाले हेटौंडामा सोमबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै राजतन्त्र पक्षधरको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताएका हुन्।
देउवाले केपी ओली नै तत्कालिन राजा र उनका समर्थकसँग मिलेको आशंका व्यक्त गरेका छन्। ‘होइन भने कसरी आन्दोलन भएको छ?,’ देउवाले भने।
कार्यक्रममा देउवाले राजाले प्रजातन्त्र अस्विकार गरेको बताउँदै आफूहरु गणतन्को लागि लडेको बताए। सरकार ओली सर्वसत्तावादतर्फ उन्मुख भएको देउवाको आरोप छ। कोरोना महामारीमा जस्तो संवेदनशील अवस्थामा पनि सरकारमा भ्रष्टाचारमा लागेको कारण कांग्रेसले त्यसविरुद्ध आवाज उठाउन विरोध कार्यक्रम गरेको उनको भनाइ छ।