मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठक सकिएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा साढे ११ बजेदेखि शुरू भएको बैठक भर्खरै सकिएको हो।
बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको बताइएको छ। मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक मंगलबार बसेको हो।
यसैबीच, बैठकबाट संवैधानिक परिषद्काे बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय भएकाे एक मन्त्रीले बताए।