नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस आफैंले ल्याएको परिवर्तनविरुद्ध नजाने बताएका छन्। कांग्रेस हिन्दु राष्ट्रको पक्षमा लचिलो भएको आरोप अस्विकार गर्दै सिंहले कांग्रेसको एजेण्डा हिन्दु राष्ट्र नभएको स्पष्ट पारे।
प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संघीय गणतन्त्र, समावेशीता, धर्म निरपेक्षप्रति कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्।
नेता सिंहले कुनै व्यक्तिको धारणा पार्टी आधिकारीक धारणा नहुने जानकारी दिएका हुन्। सोमबार कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने बताएका थिए।
त्यस्तै, उनले वर्तमान सरकारले जनभावना र जनादेश अनुसार काम गर्न नसकेको आरोप लगाए। भ्रष्टाचारी सरकार सर्वसत्तावाद उन्मुख भएका कारण कांग्रेसले आन्दोलन जारी राख्ने उनले बताएका छन्।