सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश बदनियतपूर्ण रहेको टिप्पणी गरेका छन्।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्तै खारेज गर्न माग पनि गरेका छन्।
‘पार्टीमा छलफल र परामर्श नै नगरी उहाँ (प्रधानमन्त्री) ले अध्यादेश ल्याउनु भएको छ, तुरुन्तै यो अध्यादेश खारेज हुनुपर्छ भन्ने अध्यक्ष प्रचण्डको प्रष्ट धारणा छ,’ सापकोटाले नेपाली पब्लिकसँग भने।
सबै राजनीतिक दलहरूले संसद अधिवेशनको माग गरिरहेका बेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर लोकतन्त्रकै उपहास गरेको प्रचण्डको ठहर छ।