कोरोना महामारीका कारण विश्वका लागि सन् २०२० बिर्सनलायक वर्ष बन्यो। महामारीले यतिसम्म सन्त्रास फैलायो कि मानिसहरुले जीवन जीउन नै बिर्सिए।
कोरोना कहरका कारण विश्वको अर्थतन्त्रमा ठूलो क्षति पुग्यो भने हरेक्ष्क क्षेत्रमा ठूलो असर पर्याे। फिल्म उद्योगदेखि गीतसंगीत क्षेत्र पनि यसबाट अछुतो रहन सकेन। बलिउड गीतसंगीत क्षेत्रमा यसले ठूलो नकरात्मक असर पुर्याएको छ।
तर, कठिन समयमा पनि बलिउडमा गीतसंगीतहरु सार्वजनिक भइरहे। मानिसलाई मनोरञ्जन दिन र सहज तरिकाले समय व्यतित गर्न गीतसंगीले महत्वपूर्ण भूमिका खेलेका छन्। २०२० मा धमाल मच्चाएका बलिउडका गीतहरुबारे यहाँ चर्चा गरौं।
गेंदा फूल
२०२० मा यस गीतले ठूलो चर्चा कमायो। युट्युबमा गेंदा फूललाई निकै रुचाइयो। यस गीतलाई युट्युबमा ६७ कराड ८८ लाखभन्दा बढी पटक हेरिएको छ। ज्याक्लिन फर्नानडिज र बादशाहको यो गीत यस वर्ष सबैभन्दा भ्यूज पाएको गीत हो।
गोवा वाले बीच पे
‘गोवा वाले बीच पे’ बोलको गीत २०२० मा सबैभन्दा बढी हेरिएको दोस्रो गीत हो। यस गीतलाई युट्युबमा ३६ करोड ४२ लाखभन्दा बढी पटक हेरिएको छ। नेहा कक्कर, उनका भाई टोनी कक्करले गाएको गीतको भिडियोमा आदित्य नारायणको साथ दिएका छन्। ‘गोवा वाले बीच पे’ वर्ष २०२० को सफल गीतमध्येको एक हो।
इलिगल विपन २.०
स्ट्रिट डान्सर थ्रीडीको गीत ‘इलिगल विपन २.०’ ले वर्ष २०२० को उत्कृष्ट गीत हो। गीतलाई युट्युबमा ३४ करोड ८८ लाखभन्दा बढी पटक हेरिएको छ। उक्त गीतमा वरुण धवान र श्रद्धा कपूरको नृत्य देख्न सकिन्छ। गीतमा जस्मिन सन्ध्लास र ग्यारी सन्धुको स्वर रहेको छ।
गर्मी
बलिउड नायक वरुण धवानको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’का गीतहरु यस वर्ष धेरै रुचाइएका छन्। यही फिल्मको गीत ‘गर्मी’लाई धेरैले मन पराएका छन्। गीतलाई युट्युबमा ३४ करोड ६५ लाखभन्दा बढी पटक हेरिएको छ। गीतमा वरुण धवान र नोरा फतेहीको डान्स रहेको छ।
मुकाबाला
‘स्ट्रिट डान्सर थ्रीडी’को गीत मुकाबालाले पनि धेरै दर्शकको मन जितेको छ। गीतमा प्रभु देवा, वरुण धवान, श्रद्धा कपूर लगायतका कलाकारले नृत्य गरेका छन्। यस गीतलाई युट्युबमा ३१ करोड ९६ लाखभन्दा बढी पटक हेरिएको छ।
फिर से मच्चाएंगे
इमिवे बान्ताइको गीत ‘फिर से मच्चाएंगे’ लाई युट्युबमा ३० करोड ६९ लाखभन्दा बढी पटक हेरिएको छ। यस गीतको शब्दलाई धेरैले मन पराएका छन्। यो गीत वर्षमा धेरै मन पराइएको गीतमध्येको एक हो।
तारों के शहर
नेहा कक्करको गीत तारों के शहर पनि यस वर्ष सर्वाधिक रुचाइएको गीतमध्ये एक हो। गीतलाई युट्युबमा २ करोड ७६ लाखभन्दा बढी पटक हेरिएको छ। यस भावुक गीतको धेरैले प्रशंसा गरेका छन्।