सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार (आज) बस्ने भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज दिउँसो १ बजे बसिने बैठकलाई चासोका साथ हेरिएको छ।
यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकमा आफ्ना केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको थियो।
राष्ट्रपती विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाका नेताहरुले आपत्ति जनाएका छन्। अधिकांश नेताहरूले तत्काल अध्यादेश फिर्ता लिन आग्रहसमेत गरिरहेका छन्।
यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि ओलीको उक्त कदमको विरोध गरेको छ। पार्टीभित्रको विवाद समाधान गर्नुको सट्टा अध्यादेश ल्याएपछि ओलीसहित राष्ट्रपतिको समेत आलोचना हुन थालेको छ।
यसअघि पनि सरकारले राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका ओलीले त्यसको चर्को विरोध भएपछि फिर्ता गरेका थिए।