सरकारले ल्याएको अध्यादेश विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ।
मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुध्द रिट दायर भएकाे हाे।
अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार रिट दायर गरेका हुन्। रिटमा अध्यादेशका प्रावधान र त्यसका आधारमा भएका नियुक्ति बदर गरिदिन माग गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकमा जानकारी नदिइकनै अध्यादेश ल्याएका थिए।