सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अद्धक्षबीच वान टु वान भेटवार्ता भएको छ। स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा छलफल भएको हो।
ओली र प्रचण्डबीचको छलफलपछि स्थायी कमिटीको बैठक शुरु हुने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।