सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा शुरु भएको छ। तर, पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन्।
ओली उपस्थित नभएपनि कार्याकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बैठक शुरु गरेका छन्। बैठक शुरु हुनुअघि बुधबार बिहान अध्यक्षद्वयबीच वान टु वान भेटवार्ता भएको थियो। आधी घण्टा छलफल गरेर प्रचण्ड बैठकमा सहभागी भएका हुन्।