सर्वत्र आलोचना र प्रतिवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने भएका छन्।
सरकारको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन ओली सहमत भएका हुन्।
यसअघि, बुधबार दिउसाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेर बदनियमपूर्ण ढंगले ल्याइएको अध्यादेश फिर्ता गर्न चेतावनी दिएका थिए।
यसैबीच, बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली सहभागी भएका छन्।
स्थायी कमिटीको बैठकअघि बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो। साथै संसद्को विशेष अधिवेशन माग गर्दै बुझाइएको हस्ताक्षर पनि अध्यक्ष प्रचण्डले फिर्ता लिने सहमति जुटेको बालुवाटार श्रोतले जानकारी दिएको छ।