सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अध्यादेश र संसदकाे विशेष अधिवेशनकाे आह्वानका लागि बुझाइएकाे हस्ताक्षर फिर्ता लिने सहमति भएको छ। मंगलबार राष्ट्रपतिबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएसँगै विवादले उग्ररुप लिएको नेकपामा पुनः सहमतिको संकेत देखिएको हो।
प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच अध्यादेश र हस्ताक्षर फिर्ता लिने सहमति भएको हाे। बुधबारको स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच दुई पटक छलफल भएको थियो।
दोस्रो छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्न सहमत भएका हुन्। अध्यक्ष प्रचण्डले प्रस्तुत गरेकाे प्रतिवेदन नेकपाकाे बैठकमा छलफल हुने छ।