बेलायतमा दोस्रो विश्वयुद्धका लागि प्रयोग गरिएको तर, नपड्किएको ग्रिनेड ८० वर्षपछि पड्किएको छ। बेलायतका एक आमा छोरीले समुन्द्रमा घुम्दै गर्दा अनौठो चिज भेट्टाएपछि उनीहरुले ग्रिनेड घरमा ल्याएका थिए।
कुनै जनावरको हड्डीजस्तो देखिने ग्रिनेड ३८ वर्षकी जोडी क्रुज र उनकी छोरी ८ वर्षकी इसाबेलाले घरमा ल्याएका थिए। उनीहरुले ऐतिहासिक महत्व भएको वस्तु हुन सक्ने आशंकामा त्यसलाई घर ल्याएको उनीहरुले बताएका छन्।
कतिले त्यो ह्वेलको बान्ता भएको बताएपछि उनीहरुले त्यसलाई तातो पिनले घोचे। तर, यसो गर्नासाथ त्यो वस्तु आगोको गोलामा परिणत भयो। त्यो देखेर छोरी इसाबेला आत्तिएको र त्यसलाई किचनमा लगेर फालेको जोडीले बताएकी छिन्। किचनले फाल्ने बित्तिकै ग्रिनेड विस्फोट भएको थियो।
ग्रिनेड विस्फोट भएपछि उनहिरुको घरमा क्षति पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त विष्फाेटबाट मानवीय क्षति भएको छैन।