सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सकिएको छ। बुधबार ३ घण्टाको गलफतिपछि प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बसेको बैठक सकिएको हो।
बालुवाटारमा बसेको पार्टी स्थायी समितिको बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।
साथै राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै पेश गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय भएको छ। संवैधानिक नियुक्तहरू सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपा स्थायी समितिको बैठक पुष ५ गते र पार्टी केन्द्रीय समितिको बैठक पुष १० गते बस्ने निर्णय भएको छ। साथै बैठकमा पेश भएका प्रस्तावहरू पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरूमा छलफल गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको छ।