लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा टोटनह्यामलाई हराउँदै लिभरपुल शीषस्थानमा उक्लिएको हो।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले टोटनह्यामलाई २–१ गोलले पराजित गरेको हो। खेलको २६ औं मिनेटमा मोहमेद सलाहले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक बनेको खेलको ३३ औं मिनेटमा टोटनह्यामका सन हेउङ मिनले गोल गर्दै पाहुना टोलीलाई बराबरीको स्थितिमा ल्याए।
खेल पहिला हाफमा बराबरीमा सकिएको थियो। बराबरीतिर धकेलिएको खेलको अन्तिम समयमा गोल गर्दै रोबेर्टो फिर्मिनाले लिभरपुललाई महत्वपूर्ण जित दिलाए।
जितसँगै लिभरपुलले १३ खेलबाट २८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको टोटनह्यामको समान खेलबाट २५ अंक छ। तेस्रो स्थानको साउथह्याम्टनले १३ खेलबाट नै २४ अंक बटुलेको छ।