उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न नेताहरुले दबाद दिएको बताएका छन्। भुक्तानी नपाएका किसानहरु आन्दोलनमा रहेको बेला मन्त्री भट्टले यस्तो जानकारी दिएका हुन्।
बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न नेताहरुले नै फोन गर्ने गरेको जानकारी दिए।
बाहिरीरुपमा किसानको पक्षमा वकालत गर्नेहरुले नै उद्योगीलाई पक्राउ नगर्न आफूलाई दबाद दिएको आशय उनले व्यक्त गरेका छन्।