महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता भएको पाइएपछि तीन जना पक्राउ परेका छन्। ललितपुरको कुमारीपाटीस्थित बैंकमा थोरै सुन धितो राखी बढी ऋण प्रवाह पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान शुरू गरेको छ।
कर्मचारीकै मिलोमतोमा थोरै सुन राखेर सात करोडभन्दा बढी रकम निकालिएको प्रारम्भिक अनुसन्धानमा देखिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर_पाण्डेले जानकारी दिएको छ।
अनियमितता प्रकरणमा जोडिएका एक दर्जन जनाविरूद्ध जाहेरी रहेको उनले बताए।