शुक्रबारबाट काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हट्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिहीबार बसेको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
सार्वजनिक सवारीमा जोर(बिजोर कायम गर्दा झनै भीड बढेका कारण उक्त प्रणली हटाइएको हो। यससँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी साधन चल्ने पाउने भएका छन्।
कोरोना महामारी फैलिने खतरा रहेका कारण भीडभाड कम होस् भन्ने उद्देश्यले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो। यसअघि नै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा गरेका थिए।