कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषिमन्त्री बिमला केसीले किसानका खेतबारीमै पुगेर उनीहरुका समस्या समाधान गर्न शुरवात गरेकि छिन्। यसक्रममा उनले हालै नारायण नगरपालिका– ३ मा रहेको ताराकेशर धमलाको घाँसखेती, बाख्रापालन र कुखुरापालनको अवलोकन गरिन।
सोही क्रममा वडा नं ११ मा कृषि सहकारी तथा अन्य कृषकका खेतीको समेत अवलोकन गरिन। किसानको मेहनतलाई प्रदेश सरकारले खेर जान नदिने जानकारी दिँदै मन्त्री केसीले किसानलाई व्यावसायिक बन्न आग्रह गरिन। सो अवसरमा रासससँग कुरा गदै उनले कर्णाली प्रदेश सरकारले साना व्यावसायिक किसानलाई बैँकमार्फत ब्याज अनुदानको कार्यक्रम ल्याएको जानकारी दिए।
न्यून आए भएका, जग्गाजमिन धितो राख्न नसक्ने गरिब र विपन्न किसानका लागि पनि सहकारीमार्फत ब्याज अनुदानको तयारी थालिएको उनले बताए।