प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार बेलुका ५ बजे परिषदको बैठक बोलाएका थिए।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका थिए।
छलफलमा परिषद् बैठक स्थगित गर्न सुझाएपछि बैठक स्थगित भएको वालुवाटार स्रोतले जानकारी दिएको छ। प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा सहभागी नहुने बताएका थिए।
प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।