संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको निश्कर्ष निकालेको छ।
शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भएको छलफलपछि समितिले खरिद प्रक्रिया नियम अनुसार नभएको ठहर गरेको हो।
त्यस्तै, समितिले स्वास्थ्य साम्रागी खरिद प्रक्रियामा भएको अनियमितताको छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्ने भएको छ।