पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने बताएका छन्।
हालसम्मको घटनाक्रमले यो तितो सत्यलाई पुष्टि गरेको बताउँदै भट्टराईले अनिष्ट हुन नदिन उनीहरूमाथि महाअभियोगको प्रस्ताव ल्याउनुपर्ने बताएका छन्।
‘वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टि गरिसके,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग, अविश्वास लगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्ने छैन है।’