प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज खुमलटार जाँदैछन्।
प्रधानमन्त्री ओली स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन्। उनी खुमलटार जाने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन्। तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिएका छन्।
यसअघि ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट भएको छ। अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनीसमेत प्रचण्डले दिएका छन्।