प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई भेटेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारस्थित निवासमा भेटेर फर्किएका ओलीले गृहमन्त्री थापालाई भेटेका हुन्।
सचिवालय सदस्य एवं गृहमन्त्री थापालाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास पुगेका हुन्। अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमै छन्। उक्त भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुराकानी शुरु भएको केही समयपछि नेकपा उपाध्यक्ष वामदेव गौतम प्रचण्ड निवास पुगेका थिए।
त्यसलगत्तै, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष गौतमसँग अध्यक्ष प्रचण्डले छलफल गरेका छन्।