प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सनंसद गगन थापाले संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्। उनले व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको बताएका छन्।
‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ,’ नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।’
उनले प्रधानमन्त्रीको उक्त कदमको संवैधानिक व्याख्या हुने भए पनि नेपाली जनताले ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता सकिएको जानकारी दिएका छन्।
‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर, जे व्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता यो सिफारिससंगै सकिएको छ,’ थापाले भने।