काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद् विघटन सिफारिस गर्ने सरकारको निर्णय प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण हर्कत भएको बताएका छन्। जनता समाजवादी पार्टीका नेता भट्टराईले संसद विघटनको सिफारिस संविधान विपरीत भएको भन्दै यसको चर्को आलोचना गरेका हुन्।
लोकतन्त्रिक मूल्य मान्यता र संविधान विपरीत उक्त निर्णय गरिनुले संविधानसभाबाट ल्याएको सुधारिएको प्रणालीको पनि धज्जी उडेको उनको धारणा छ। नेता भट्टराइले संसद् विघटन सिफारिस लोकतन्त्रको हितमा नभएकाले यसको प्रतिवाद गर्न सबैलाई अनुरोध गरेका छन्।