नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानअनुरुप संसद् विघटन गर्न मिल्ने प्रावधान नरहेको बताएका छन्। उनले संसद् विघटन गर्न नमिल्ने बताउँदै राष्ट्रपतिले यसलाई स्वीकार गर्न नहुने धारणा व्यक्त गरेका छन्।
आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि पौडेलले प्रधानमन्त्रीको उक्त कदम संविधान विपरीत रहेको जानकारी दिएका हुन्।
मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने उक्त सिफारिस तत्काल फिर्ता हुनुपर्ने जानकारी दिँदै नेता पौडेलले प्रधानमन्त्री ओलीको गैरलोकतान्त्रिक कदमको भत्सर्ना गरेका छन्।