प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले विज्ञहरूसँग परामर्श शुरु गरेका छन्। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटा विज्ञहरूसँग परामर्शमा जुटेका हुन्।ला
सभामुखको सचिवालय श्रोतका अनुसार सापकोटा संसद्मा रहेका राजनीतिक दल, संविधानविद्, सांसद्लगायतसँग छलफल जुटेका हुन्।
संविधानको धारा १०३ मा संसद्को विशेषाधिकारसम्बन्धी व्यवस्था रहेकाले यसमा टेकेर अघि बढ्ने विषयमा छलफल गर्न सापकोटाले विज्ञहरूलाई बोलाएका हुन्।
संविधानको धारा १०३ को उपधारा २ मा ‘संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ। र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ। यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन’ भनिएको छ।