सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख प्रेमकुमार राईलाई नियुक्त गरेको छ। सरकारले संवैधानिक निकायहरूमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्मा दर्ता गराएको गर्दै अख्तियारमा राईलाई नियुक्त गरेको हो।
प्रधानमन्त्री कार्यालयका सचिवले दर्ता गराएको केहीअघिको मिति राखेर संसद्मा दर्ता गराएको पत्रअनुसार अख्तियारका आयुक्तमा जयबहादुर चन्द र किशोर सिलवाललाई नियुक्तिको सिफारिस गरिएको छ।
अख्तियारका प्रमुख आयुक्त नियुक्त गर्न सिफारिस गरिएका पूर्व गृहसचिव राई प्रधानमन्त्री ओलीका विश्वास पात्र हुन्। पूर्व डिआइजी चन्द नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट हुन्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेलगत्तै संसद्मा संवैधानिक निकायहरूमा नियुक्ति सिफारिस गरिएको हो।
संसद् विघटन भएको अवस्थामा संसदीय सुनवाइ हुँदैन। संसदीय सुनुवाइ नभए राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने कानूनी व्यवस्था छ।