काठमाडौं नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। ओली नेकपाका एक अध्यक्ष पनि हुन्।
नेकपा स्थायी कमिटीको आइतबार साँझ बालुवाटारमा सम्पन्न बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो। बैठकमा ओली पक्षका नेताहरू उपस्थित थिएनन्।
संसद् विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै खतरामा पार्न ओली उद्दत रहेको निष्कर्ष निकाल्दै अनुशासनको कारबाही गर्ने निर्णय गरिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
साथै ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको निर्णयविरुद्ध देशव्यापी रुपमा प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ। नेकपा स्थायी कमिटी बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।