नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले दिउँसो चार बजे बैठक बोलाएको हो।
पार्टी कार्यालय सानेपामा बसिने बैठकमा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने छ।
संसद भंग गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने ओलीको कदमको अहिले चौतर्फी विरोध भइरहेको छ।