सत्तारुढ नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वोच्च अदालत जाने तयारी गरेका छन्। असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरु अदालत जाने भएका हुन्।
सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च जाने तयारी गरेको बताइएको छ।
सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन्।