टिकटक बनाउने क्रममा दाङका एक युववको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका बिचौरी बस्ने २४ वर्षीय रमेश थापा रहेका छन्।
उनी वनभोज खान बबई गाउँपालिका वडा नम्बर ५ पुरनधारा नजिकै गएका थिए। टिकटक बनाउनको लागि थापा त्यहाँ रहेको झोलुङ्गे पुलको तारमा झुण्डिएका थिए।
तारमा झुण्डिँदा हात गलेपछि उनी ढुङ्गैढुङ्गा भएको नदी किनारमा खसेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिए पनि बाँच्न सकेनन्।