संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएका छन्। आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानुन व्यवसायीहरू रिट लिएर सर्वोच्च पुगेका हुन्।
सर्वोच्चमा आइतबार ३ वटा रिट पेश भएकोमा सोमबार दिउँसो १ बजेसम्म थप ५ वटा रिट पेश भएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
सर्वोच्चको मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालका अनुसार अधिवक्ता लोकेन्द्र वली, पदम खत्रीलगायतले दिएका रिट दर्ता प्रकृयामा आएका छन्।