सही पनि एमाले, मै पनि एमालेको नारा लगाउँदै पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएको छ। संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयको स्वागत युवाहरु सडकमा आएका हुन्।
प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टीको युवा र विद्यार्थी संगठनको सहभागिता थियो। प्रदर्शनका क्रममा उनीहरुले नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो जस्तै नारा लगाएका थिए।
संसद विघटनसँग नेकपाभित्र बढेको गुटबन्दीले पार्टी फुट्ने सम्भावना प्रवल बनेको छ। पार्टीको अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ब्यूँताउने सम्भावना बढेको छ।