सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजेका लागि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।
यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो।