सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक सय १४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ। सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको सांसदको भेलाले यस्तो निर्णय गरेको हो।
प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ।
बुधबार नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि सांसदको भेलाले गरेको छ।