सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापा बादल लाई भेट्न मन्त्री क्वार्टर पुल्चोक पुगेका छन्।
सोमबार भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा बादल सहभागी नभएपछि मंगलबार प्रचण्ड उनलाई भेट्न बिहान मन्त्री क्वार्टर पुगेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल नेपाल समूहका सात मन्त्रीले सामूहिक राजीनामा दिए पनि बादलले राजीनामा दिएका छैनन्।
यसअघि बादलले आफूनिकट २४ सांसदलाई बोलाएर हिजो परामर्शसमेत गरेका थिए। आज दुवै अध्यक्षले बेग्लाबेग्दै केन्द्रीय कमिटी बैठक बोलाएका छन् बादल अहिलेसम्म के गर्ने निर्णयमा पुगेका छैनन्।
आजको भेटमा प्रचण्डले हिजो भएका छलफलका निर्णयसमेत सुनाएका थिए। भेटमा बादलले छिट्टै निर्णय लिने प्रचण्डले सुनाएका थिए।