प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। वर्तमान राजनितीक विषयमा छलफल गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसबारे कांग्रेसले औपचारिक धारणा बनाउन लागेको हो।
आलीको कदमविरुद्ध चौतर्फी विरोध हुदै आएको छ। भने सर्वोच्च अदालतमा ११ वटा रीट दायर पनि भईसकेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, गगन थापा लगाएतका नेताहरुले पनि संसद् वीघटन वीरुद्ध आवाज उठाँउदै आएका छन्