प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन्। १ हजार एक सय ९९ सदस्यीय समिति बनाउन उनले प्रस्ताव गरेका छन्। मंगलबार बसेको ओली निकट सदस्यहरुको केन्द्रिय कमिटि बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।
नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ। त्यसमा तत्काल ५ सय ५६ जना थप गर्ने र बाँकी १ सय ९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन्।