रेयान काजी वर्ष २०२० मा युट्युबबाट सर्वाधिक कमाई गर्ने व्यक्ति हुन्। ९ वर्षीय काजीले युट्युबबाट २०२० मा २७ अर्ब रुपैयाँ कमाए। अमेरिकाको टेक्सासका रेयान युट्युबमा खेलौना र गेमलाई अनबक्स गरेको भिडियो अपलोड गरिरहेका हुन्छन्।
भिडियोमा उनले गेम र खेलौनाको रिभ्यू गर्छन्। उनले २०२० मा युट्युबबाट २९.५ मिलियन डलर कमाएका हुन्। रेयानको सबैभन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्राइज टोय च्यालेन्जको २ बिलियनभन्दा धेरै भ्यूज् छ।
यो भिडियो युट्युबको इतिहासमा सबैभन्दा धेरै हेरिएका ६० भिडियोमध्ये एक हो। रेयानले २०१५ मा भिडियो बनाउन सुरु गरेका थिए। उनले खेलौनाको रिभ्यूको भिडियो हेर्न थालेपछि आफैंले भिडियो बनाउने आइडिया आएको थियो।
रेयानको रिभ्यूको तरिका मानिसहरुले निकै मन पराउन थाले र उनको फ्यान फलोइङ बढ्दै गयो। रेयानको लोकप्रियता तीन वर्षमै चरम स्थितिमा पुगिसकेको थियो। उनी २०१८ र २०१९ मा पनि युट्युबबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका थिए।
रेयानको लोकप्रियताका कारण कैयौं चर्चित खेलौना कम्पनी आफ्नो खेलौनाको रिभ्यू गराउन उनीकहाँ आउँछन्। २०२० मा युट्युबबाट धेरै कमाउनेको सूचीमा दोस्रो स्थानमा जिमी डोनाल्डसन छन्। किस्टर बिस्ट भनेर चिनिने डोनाल्डसनले २०२० मा युट्युबबाट करिब २४ मिलियन डलर कमाएका छन्।