सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको ओली निकट सदस्यहरुको केन्द्रिय कमिटि बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।
उनले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीयमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरे, जसलाई बैठकलाई अनुमोदन गरेको छ।
बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ। ९ पुसमा महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ।