नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
साथै पार्टीका वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको पनि बैठकले गरेको छ। स्थायी कमिटीबाट गरिएको निर्णय काठमाडौंमा अहिले बसिरहेको केन्द्रीय कमिटीको बैठकले पास गर्ने छ।
नेकपाको विधानअनुसार पार्टीमा अध्यक्ष रहने छन्। ओली र प्रचण्ड अध्यक्षको जिम्मेवारीमा छन्। नेकपाभित्र अन्तरविरोध चर्किएपछि प्रचण्डले नेपाललाई अध्यक्ष बनाउने निर्णय लिएका हुन्।